पल्केका स्यालहरू
एकपटक मासुको स्वाद लिइसकेको स्यालले अर्को पटक जस्तोसुकै कठोर स्थिति आइपरे पनि सो स्वाद लिनका लागि पछाडि हट्दैन । चाहे अर्कोको सिम्काँचुली नै किन नहोस् वा ज्यादै पीडाको भोगाइ किन नआओस् उसले आफ्नो चाहनालाई पूरा गरिछाड्छ । आफ्नो पहुँचमा भैरहेको भए पनि त्यही बस्तु जगडा गर्न र अनावश्यक खति बनाई दुःख दिन ऊ पछि पर्दैन । लोधले लाभ अनि बिलापको परिस्थिमा रुमलिनुपर्छ भन्ने कुरालाई कोही कसैले भुल्नु हुदैन । यो शतप्रतिशत सही र यथार्थ हो । सबै प्रणीहरुमा यस किसिमको परिस्थिति देख्न सकिन्छ । लोभ नै नभएको सायद कुनै प्राणी नहोला पनि ।
चेतनाको दृष्टिले अब्बल सबै प्राणीहरूलाई आफ्नो
कब्जामा राखी सुखभोगमा रमाउने मानिसमा त झनै लोभको कतहरो कहिल्यै भरिने हुदैन ।
मान्छै दिन पटक्कै रुचाउदैन तर लिनका निम्ति प्राणको आहुति दिन पनि पछि पर्दैन ।
आफ्नो गोजी भरिन्छ यदिभने जस्तोसुकै कर्ममा पनि रमाउन खोज्छ । उसले आमा बाबु तथा
कोही नजिकको आफ्नो भन्दैन खान पाएपछि । आफ्नो र आफ्नाका लागि भनेर नचाहिदो
अर्थोपार्जन तथा जिन्सी थुपार्नमा अधिकांश समय खर्चिरहेको हुन्छ । राज्यले
नागरिकलाई राख्न पाउने सम्पतिको अधिकार क्षेत्रभन्दा अधिक सम्पति बनाएर कुकुर
बिरालाका किर्ते नामाकरण गरी जायजेथा थुपारी रहेको छ मान्छे । एकजनाले थुपारेको
अकुत सम्पतिले दशौं पस्ताका लागि चैन गर्न पुग्छ । यतिसम्म कि ब्यक्तिको हातमा
रहेको नगदले संपूर्ण देशको अर्थतन्त्रलाई असर पारिरहेको हुन्छ । मान्छे त्यतिबिधि
धनी छन् राज्यभन्दा । तर देश कङ्गाल छ । पल्केका त्स्ता स्यालहरूले देशको विकासमा
तगारो हालिदिएका छन् । उच्चस्तरका पसल होटल तथा उद्योगहरू जमित तथा आश्रयस्थलहरु
सबै केही धनाढ्यहरूको पहुँचमा नै छन् । उनीहरूकै ज्यूहजुरियामा राज्य चल्न पर्ने
यस किसिमको परिस्थितिले देशलाई अधोगतितिर डोर्याइरहेछ । यसको प्रत्यक्ष उदाहरणका
रुपमा नेपाललाई लिदा फरक पर्दैन । छट्टु स्यालहरूको रजाइले धनी र गरिवको खाडल
ज्यादै फराकिलो बन्दै गइरहेको छ दिनदिनहुँ । बिहान बेलुकाको गासको ठेगान
नभएकाहरूको संस्या निरन्तर उकालो लागिरहेको छ ।
राज्य परिचालनमा जोसुकै आओस् त्यसले मुठ्ठीभरका
धनाढ्यहरूलाई कुनै असर नै पार्दैन । उनैको सहयो बिना साशकहरू पदमा रमाउन सक्दैनन्
र उनैको हितमा काम गरिरहेका हुन्छन् नीतिनियमले पनि । नमिल्ने जस्तो देखिन गयो वा
कनिकासमेत आफ्नै पोल्टामा पार्न औंला बङ्ग्याएर पनि पाशा पक्षमा नै पल्टनपुग्छ ।
राज्यका सबैजसो निकाय वा उच्चस्तरका पदहरूमा आफ्नाले नै रजगज गरिरहेका भएपछि
असजिलो वा नमिल्दो हुने कुरै भएन । गरिव त जन्मदै गरिव भएर जन्मने परिपाटीले
नेपाली समाज ज्यादै पीडादायी बन्न पुगेको छ । खपेर पनि खपिनसक्नु मुटुमाथि ढुङ्गा
राखी जिउनु परेको करुणादायी परिस्थिति भोग्नु परिरहेको छ ।
अति भएपछि खति हुन्छ भन्ने उखान झैं नेपालमा पनि
हेप्ने र च्याप्ने तथा टोक्ने र कोपर्नेहरूको बिचल्ली हुन लागेको हो कि भन्ने
संकेत देखिएको छ । २८ वर्षमुनिका युवा तन्देरीहरूले बर्बर लुछाचुडीलाई सहन नसकी
सडकमा आवाज बुलन्ध गरे । पीडाका स्वरहरूलाई उजागर गरे । ताना शाह बनेर जनताको रगत
र पसिनामा रमाउनेहरुको कठालो समाई नङ्याउने जमर्को गरे तर सबै पापीहरू जालोमा
पार्न कठिन भयो तर जे भयो त्यो जनताका पक्षमा थियो र तमाम अभाबमा पिल्सिएका
गरिवहरूका पक्षमा थियो । फटाहा र मासु खान पल्केका स्यालहरुको सातो जाने गरी भएको
२४ घण्टे आन्दोलनले केही परिपर्तन त गरायो तर आशेपाशे र अर्काको धोतीमा बाँच्न
पल्केकाहरूले अखडो तेर्स्याइदिँदा आशातित कुराहरू पाउन कठीन भयो । रात गयो औंराख
पलायो भने जैं फेरि झाडीभित्र लुकेका स्याल र ब्वासाका झुण्डहरूको नमिठा र
पट्ट्यारलाग्दा स्वरहरूले संजाल भरिन लागेका छन् तर त्यसलाई मुकाबिला गर्दै सभ्य र
तर्कपूर्ण शैलीबाट सही बाटो पक्डनु आजको आवश्यकता र चुनौती बनेको छ । त्यस्तो दिन
वा परिपर्तनको सुरुवातको समय हो २३/२४ भाद्र २०८२ । शक्ति धन र दरो बेशाखीमा अडिएको तानाशाही हनुमानको भागाभाग र
सर्वसाधारणको नेतृत्वमा भ्ष्टाचार उन्मुलन गर्ने उद्यश्य बोकेको सरकार गठन ।
जनताको नजरमा परिवर्तनका झिना आशाहरु देखिएका
छन् डुक्राउने र कुर्लने पक्षमा लाग्नेहरू काम्लोभित्र पसिरहेका छन । समय गतिशील छ
कहिले के हुन्छ र कसले के भोग्नु पर्छ थाह नैहुदैन तर जे होस् केही राहतको
अनुभूतिले नेपाली धर्ती आकाशमा राफिलो प्रकाश खेलिरहेको आभाष मिलेको हो कि झैं
लागेको अनसभूति भैरहेको छ के हुन्छ यसैभन्न सकिने स्थिति भने देखिदैन । देशका लागि
सबैभन्दा ठूलो शत्रु नै भष्टाचार हो र त्यसलाई नियन्त्रण गरी शुन्यमा राख्नु सबै
नेपालीको चाहना हो । फेरि यसलाई निरुत्साहित गर्न सल्बलाई लुकेका स्यालहरूलाई
बाहिर आउन नदिन चनाखो हुन र सबैतिरबाट खबरदारी गर्न बिर्सन हुदैन ।
पखरा १० मिलनटोल
२९ भाद्र २०८२ ।


